काठमाडौं । नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान सम्पन्न भएको छ ।
नेपाली सेनाले ५ दिन लगाएर यो पुल जडान गरेको हो ।
बाढीले पक्की पुल बगाएपछि देवीघाट क्षेत्र ठप्प बनेको थियो । नयाँ पुल जडान भएसँगै आजदेखि पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने भोलिदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने छन् ।
भोटेकोशीको बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।




Comment