add

कांग्रेस महाधिवेशन : सुर्खेतका दुई पूर्वमन्त्री र बहालवाला पार्टी सभापति पराजित






ActPro Nepal

|

९ मंसिर, २०७८

|
775

सुर्खेत । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत दुई पूर्वमन्त्री र पार्टीका जिल्ला सभापति केन्द्रीय महाधिवेशन प्रतिनीधिमा पराजित भएका छन् । सुर्खेत क्षेत्र नं. २ बाट पूर्वमन्त्रीद्वय शिवराज जोशी र खड्कबहादुर बस्याल तथा हालका पार्टी सभापति कमलराज रेग्मी पराजित भएका हुन् ।

सुर्खेत क्षेत्र २ मा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्यानलगत चुनावमा होमिएका थिए । महाधिवेशन प्रतिनिधिमा पराजित पार्टी सभापति रेग्मी र पूर्वमन्त्रीद्वय जोशी र बस्याल पौडेल समूहका नेता हुन् ।

निर्वाचन समितिका अनुसार पार्टी सभापति रेग्मीले तीन सय २० मत प्राप्त गरे । यस्तै पूर्वमन्त्री जोशीले तीन सय १० मत प्राप्त गरे । रेग्मी दाेस्राे कार्यकालका लागि पार्टी सभापतिमा चुनाव लड्ने तयारीमा थिए ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि दलित कोटाबाट उम्मेदवारी दिएका पूर्वस्वास्थ्य राज्यमन्त्री खड्कबहादुर बस्याल पनि पराजित भएका छन् । उनले तीन सय दुई मत ल्याए । संस्थापन समूहका लोकबहादुर विश्वकर्मा चार सय ७३ मत ल्याएर विजयी भए । मंगलबार सम्पन्न निर्वाचनबाट सुर्खेतका दुईवटै क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा संस्थापन (देउवा) समूहले एकलौटी गरेको छ ।

क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिको सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगीले सात सय १९ मत ल्याएर विजयी हुँदा पौडेल समूहका बलबहादुर वलीले एक सय तीन मत मात्रै प्राप्त गरे ।

क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको सभापतिमा संस्थापन समूहका इन्द्रबहादुर रावत विजयी भए । उनले चार सय ८६ मत ल्याए । उनका प्रतिद्वन्द्वी पौडेल समूहका ललित भट्टराईले २८८ मत प्राप्त गरे । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.