add

आज प्रतिनिधि सभाकाे बैठक बस्दै, यस्ता छन् कार्यसूची






ActPro Nepal

|

२९ भदौ, २०७८

|
779

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ।

बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्।

संघीय संसद सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले 'विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्' भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शम्शेर जवराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यस अघि तीन पटक बसेका बैठकहरू एमालेले अवराेध गर्दै आएकाे छ। आजकाे बैठक पनि संचालन हुन सक्ने सम्भावना भने कमै रहेकाे छ। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.