add

लकडाउनमा महेश बस्नेतको माटोको धन्दा, आफ्नै नाममा बाटोको नामाकरण






ActPro Nepal

|

४ वैशाख, २०७७

|
3311

काठमाडौं । हरेक मानिकसलाई आफ्नो नाम, कृती  रहोस भन्ने हुन्छ। नामका लागि मानिसहरुले अनेक रेकर्ड पनि राख्छन। गिनिज बुक यस्तै नामका लागि बनेको छ। जहाँ विश्व रेकर्ड बनाएकाहरुको नाम समेटिन्छ। आफ्नो क्षेत्रमा विशेष योगदान गर्नेहरुको पनि उसको जीवन र जीवन पर्यन्त पनि नाम रहन्छ। आफ्नो शेषपछि नाम रहोस भन्नेहरु त्यसका लागि जीवनभरी मेहेनत पनि गर्छन।

फलको आशा नगरि जीवनभर निस्काम भावले सेवा गर्नेहरुको नाम सधै लिइदै आएको छ। यस्ता महापुरुषहरु इतिहासदेखि वर्तमानसम्म जीवित छन्। नेपालमै पनि जीवनभर जनताको पक्षमा काम गरेका नेताहरुको नाममा उनको शेषपछि पनि बाटो विद्यालय अस्पताल लगायतमा नाम जोडिएकै छ। शालिक पनि बनेकै छ।

जीउँदो छँदै यस्ता नेताहरुले आफ्नो नाममा कहि बाटोको नामाकरण गराएनन। नत विद्यालय क्याम्पस वा विश्वविद्यालय अस्पतालको नामाकरण नै गर्न लगाए। तर पनि उनीहरुको नाम आम नागरिक तह र पार्टी पङतीमा आदरका साथ लिइन्छ। त्यस्ता नेताहरुको नामका पछाडी सिंगो पार्टी उभिदै आएको छ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला, गणेशमान सिंह हुन वा तत्कालिन एमालेका महासचिव मदन भण्डारी आफ्नो समयमा आम नागरिकमा अत्यन्तै प्रभाव राख्ने नेता थिए। जस्को प्रभाव आजसम्म नेपालको राजनीतिमा छ। उनीहरुको नाममा उनका समर्थकहरुले देशभर धेरै संरचनाहरुको नामाकरण गरेका छन्। यस्तो नामाकरणमा स्विकारोक्ती पनि पाइन्छ।

अहिले आफूलाई यस्तै श्रेणीमा राखेर भक्तपुरका सांसद महेश बस्नेत आफ्नो देवत्वकरणमा लागेका छन्। यसमा आम नागरिकको स्विकारोक्ती भन्दा पनि जवर्जस्ती बढी देखिन्छ। 

गुण्डु ७ को किवा चोकदेखि उत्तरपटि जाने बाटोलाई बस्नेतले आफ्नो नाममा नामाकरण गराएको केहि समय भइसकेको छ। किवा चोकदेखि कटुञ्जे सल्लाघारी जाने बाटो २ सय मिटर पीच गराउन भूमिका खेलेका बस्नेतले सो बाटोको नाम नै महेश मार्ग बनाइदिए।

सो मार्गमा पीच गराउन वा बाटो विस्तारमा उनले व्यक्तिगत रुपमा चन्दा वा दान केहि गरेका थिएनन्। बरु जनताकै कर यसमा खर्च भएको छ। सांसद विकास कोषको रकम, नगरपालिकाको रकम त्यसमा खर्च भएको छ। सरकारी रकम खर्च गरेर आफ्नो नाममा बाटोको नामाकरण गरेपछि अहिले कटुन्जे गुण्डु क्षेत्रमा स्थानीयहरु बस्नेतको नाम मोह देखेर छक्क परेका छन्। स्वयं नेकपा भित्र बस्नेतको देवत्वकरणको विरोध छ। तर खुलेर विरोध गरेमा आक्रमण हुन सक्ने डरले खासै कोहि बोलेका छैनन। 'स्वयं प्रधानमन्त्री तथा नेकपा अध्यक्षको नाममा बाटोको नामाकरण भएको छैन होला हाम्रा नेतालाई हतारो भयो,' नेकपाका एक जिल्ला नेताले भने। 

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको धर्मपुत्र भन्दै जिल्लामा प्रभाव देखाउने बस्नेतलाई अहिले वालुवाटारमै प्रवेश निषेधको चर्चा जिल्ला र गाउँतहसम्म सुनिन थालेपछि उनको बिरोधमा कानेखुसीसम्म हुन थालेको छ। भौतिक संरचनामा दोहन, जनतामुखी सामाजिक काम भन्दा नाफामुखी कमाउ धन्दा चलाएको र सार्बजनिक स्थान र बाटोको नामाकरणमा सहमति नगरि राजनीतिकरण गरिएपछि अहिले जिल्लामा सांसद महेश बस्नेतको बारेमा अन्य दलका तर्फबाट सार्वजनिक आलोचना बढेको छ।

आफू निकटका ठेकेदार रमेश बस्नेतलाई काम दिलाएका बस्नेतले लकडाउनकै मौका पारि माटोको व्यापार गर्न पनि भ्याएका छन्। लकडाउनको मौका छोपी गुन्डुमा माटोको व्यापार भएको भन्दै स्थानीय किरण खड्काले फेसबुकमा स्टाटस नै लेखेका छन्। खड्काले लेखेका छन्, ‘गुण्डुमा छोटे राजा छन त्यही भएर लकडाउन छैन। लकडाउनको मौका छोपी भक्तपुर गुन्डुमा माटो व्यापार हुँदैछ। यस्तो महामारीको बेला राहतका ट्रक जनताले आश गरिरहेका बेला माटोको कालोबजारी हुँदैछ। राष्ट्रिय निर्माणका आयोजनाहरु सबै बन्द भएको बेला भक्तपुरमा माननीय बस्नेतज्यूको ठाडो आदेशमा आसेपासेहरुको रोहबरमा खुलेआम कालोधन्दा चलिरहेको छ। यस्तो बेलामा स्थानिय सरकार र गृह प्रसासन मुकदर्शक हुनु लज्जाको बिषय हो। माननिज्यूले खल्ती अगाडी नै भरिसकेका हुन की नत्र माननीयको चटक किन पटकपटक। प्रधानमन्त्री ओलीको नाम बेचेर थैलो भरेका माननिय भक्तपुरले पाउनु दुर्भाग्य।‘

पहिलो पटक चुनाव हारेपनि ओलीको कृपामा मन्त्री बनेका बस्नेत ओली फेरि प्रधानमन्त्री भएपछि फेरि मन्त्री बन्न चाहे। पछिल्लो पटक मन्त्रिपरिषद बिस्तार हुँदा बस्नेतले आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुने चर्चा चलाए पनि पाँचथरका वसन्तकुमार नेम्वाङ भौतिक मन्त्री बनेपछि उनको काम भक्तपुरमै सिमित बनेको छ। पछिल्लोपटकको मन्त्रिपरिषद बिस्तारमा पनि पर्न नसकेपछि महेश बस्नेत प्रधानमन्त्री ओलीको बिरुद्ध अभिब्यक्ति दिदै प्रधानमन्त्रीको सल्लाहकार टीम परिवर्तन गर्नुपर्ने भन्दै हिडेका छन्। उनको यो अभिव्यक्तिले अहिले उनको वालुवाटार प्रवेश औपचारिक मात्र बनेको छ। एक किसिमले उनलाई प्रवेश निषेध नै गरिएको वालुवाटार स्रोत बताउँछ।

सल्लाहकार फेर्नुपर्ने महेश बस्नेतहरुको भनाइसँग प्रधानमन्त्री कति रुष्ट रहेछन भन्ने कुरा उनले नै मंगलबार एक अनलाइनलाई दिएको अन्तर्वार्तामा सचिवालयको बचाउ गरेका छन्। ओलीले भनेका छन्– ‘मेरो सचिवालयको विरुद्ध त शुरूदेखि नै हमला छँदैछ। किनभने सचिवालयमा भएपछि मलाई सहयोग गर्नु स्वाभाविकै हो। मन्त्रिपरिषद्मा भएपछि मन्त्रीहरूले मलाई सहयोग गर्नु स्वाभाविकै हो। मेरा सहयोगीहरूमाथि हमला शुरूदेखि नै भइरहेकै हो।

मेरो सचिवालयका सदस्यहरूको डिफेन्ड गर्यो भन्लान्, तर म के ठान्छु भने मेरो सचिवालयका सदस्यहरू त्यति कमजोर छैनन् कि मैले ढाल बनिदिनुपरोस्, मैले डिफेन्ड गर्नु परोस्। तर, म कतिमात्रै भन्छु भने यो त मलाई सहयोगी हात बढाउने, मलाई सहयोग गर्ने, समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यमा समर्थन वा सहयोग गर्नेहरूमाथि केही तत्वहरूको निरन्तरको र निराधार हमला सदावहार रूपमा चलेकै छ। मैले त्यतिमात्रै भन्न खोजेको हो।’

भक्तपुरमा जनता रिसाए बालुवाटारमा केपी ओली
बस्नेतले २०७४ को प्रतिनिधिसभामा निर्वाचित भएपछि प्रधानमन्त्री ओलीको नाम बेचेर धेरै लाभ लिएको सूचना बालुवाटारमा पुग्यो। ओलीको सबैभन्दा निकट हुँ भनेर मन्त्रालयका सहसचिव, सचिव, आयोजना प्रमुखहरुलाई थर्काएर आफ्नो क्षेत्रमा बजेट हाल्न दबाब दिने गरेको कुरा पनि बालुवाटारमा पुगेको छ।

ठेक्कापट्टाहरुमा प्रधानमन्त्रीको नाम लिंदै दबाब दिने गरेको सूचना पनि ओलीले पाए । सबैभन्दा महत्वपूर्ण कुरा त सरकारको एकोहोरो बिरोध गरिरहेका मिडियामा उनले प्रधानमन्त्रीका सल्लाहकार ठीक भएनन् भनेर दिएको अभिब्यक्तिका कारण बालुवाटार चिढिन पुगेको बताइन्छ।

त्यसैगरी प्रधानमन्त्री ओलीको नाम लिएर भक्तपुर नेकपामा धेरै दुःख गरेका नेता राजेन्द्र राजथलाहरुको राजनीति समाप्त पार्ने काम गरेको सूचना पनि ओलीसम्म पुगेकै थियो। स्थापित युवानेता दीपक थापा बस्नेतकै कोपभाजनमा परी युवासंघको केन्द्रीय सदस्यसमेत बन्न पाएनन्। यसरी पार्टीभित्र ब्यक्तिवादी प्रवृत्तिबाट अगाडि बढ्ने र पार्टीको निर्देशन नटेर्ने उनको प्रवृत्ति विकास हुँदैआएको निचोड ओलीले निकालेकाले उनलाई विश्वास गर्न छाडे।

उनका नजिकका भनिएका परशुराम बस्नेतसँग समेत अहिले उनको दुस्मनी बढेको छ। उनको बैरभाव यति बढेको छ कि उनलाई मन्त्री बनाए पत्रकार सम्मेलन गरेर उनका कर्तुत सार्वजनिक गर्ने धम्की परशुरामले दिएको कुरा पनि सार्वजनिक रुपमा आइसकेको छ।

बस्नेतले सशस्त्र प्रहरी बलबाट १ भान्से र दुई अगुवा पछुवा सुरक्षाकर्मी लिएर राजसी सानसौकत देखाउने गरेकोबारेमा प्रधानमन्त्रीकोमा सूचना नपुग्ने कुरै भएन। उनले प्रधानमन्त्री ओलीको नाममा धेरै लाभ लिएको बालुवाटारको ठहर छ। उनको पहिलाको अवस्था र हालको सानसौकत र बैभव देखेर उनलाई नजिकबाट चिन्नेहरु नै चकित पर्ने गरेका छन्। महेश बस्नेतका यी सबै गतिबिधि नियालेपछि उनको  बालुवाटार प्रवेश औपचारिक मात्र रहेको वा भनौ रोक लगाइएको स्रोतले बताएको छ।
-हाम्राकुरा


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.