add

लकडाउनमा अलपत्र परेका मजदुरको उद्दार गर्न ट्रेड युनियन काँग्रेसको माग






ActPro Nepal

|

२३ चैत, २०७६

|
690

काठमाडौं ।  नेपाल ट्रेड युनियन काँग्रेसले सिमानामा रहेका नेपाली श्रमिकलाई उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । 

युनियनले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर लकडाउन गरेपछि विशेषतः भारतमा श्रम गर्न गएका नेपालीहरू अलपत्र परेको भन्दै उनीहरुको उद्धार र आवश्यक राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।

ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले सरकारले सीमामा अलपत्र परेका नेपाली श्रमिकको तत्काल उद्धार गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । ‘राज्यका नागरिकलाई परेको समस्या समाधान गर्ने दायित्व सरकारको हो, सरकारले यथाशीघ्र सीमामा रहेका नागरिकको उद्धार गर्नुपर्छ,’ उनले भने । महासचिव कुँवरले सरकारले हालै अत्यावश्यक सेवा तथा वस्तु उत्पादन गर्ने कम्पनीलाई खोल्न दिने निर्णय गर्नु र अर्कोतर्फ नागरिकलाई लकडाउनको पूर्णपालना गर्न लगाउने कुरा विरोधाभाषपूर्ण भएको बताए । उद्योग व्यवसाय सञ्चालन हुँदा माहामारी थप फैलनसक्ने भएकाले हाल कुनै पनि उद्योग कारखाना सञ्चालन गर्न नहुने उनको भनाइ छ ।

अत्यावश्यक सेवा वस्तु उत्पादन गर्नुपर्दा श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी, सङ्क्रमण फैलन नदिन अपनाउनुपर्ने सबै मापदण्डको पालना र राज्यको तर्फबाट प्रभावकारी अनुगमनको व्यवस्था गरेर मात्र सञ्चालनमा ल्याउन नेपाल ट्रेड युनियन काँग्रेसले सरकारसँग माग गरेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.