काठमाडौं– सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाउँदैछ।
२४ वर्षअघि २०५२ साल फागुन १ गते औपचारिक रुपमा तत्कालीन माओवादीले जनयुद्धको सुरुवात गरेको थियो ।
आज पार्टी कार्यालय धुम्वाराहीमा आयोजना हुने जनयुद्ध दिवस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन।
दुई वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेपछि पहिलोपटक एकीकृत रुपमा ‘जनयुद्ध’ दिवस मनाउन लागिएको हो । ‘जनयुद्ध’ दिवसको औपचारिक कार्यक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पनि अतिथिका रूपमा सहभागी हुने बताइएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।