के हो कोरोना ?
कोरोना भाईरस खोकी, श्वासप्रश्वास, जनावर तथा नपाकेको मासु आदिबाट मान्छेमा सर्ने जनाईएको छ छुँदा, नजिकै रहँदा, हात मिलाउँदा, भाइरस रहेको सामान वा कपडा प्रयोग गर्दा पनि यो रोग एकबाट अर्कोमा सर्न सक्छ ।
यो भाईरस जनावर र मानिसबीच सर्ने भाइरस भएको डाक्टरहरुले बताएका छन् । कोरोना भाईरसबाट संक्रमित व्यक्तिमा ज्वरो आउने र खोकी लाग्ने, छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, गम्भीर भएमा निमोनिया हुने, मिर्गौलाले काम गर्न छोड्ने र ज्यान समेत जान सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
यो रोगको लक्षण सामान्य रुघाखोकीको जस्तै हुन्छ ्सं क्रमण नियन्त्रण नभएमा बिरामीको श्वासप्रश्वास प्रणाली फेल भएर मृत्यु हुन्छ ।
कोरोना भाइरसबाट कसरी बच्ने
आईसकेको कोरोना भाईरसबाट डराउने भन्दा सचेत हुन जरुरी देखिएको छ। स्वस्थ्य जिवनशैली अपनाउनु बाहेक अरु विकल्प नरहेको चिकित्सकहरुको राय छ। आफ्नो जिवनशैली स्वस्थ्य बनाएर सजग रहेमा संक्रमणबाट बच्न सकिन्छ र यदी संक्रमण भैहालेमा पनि समयमा चिकित्सकको निगरानीमा जान सकिन्छ।
साधारण रुघा(खोकी भनेर हेलचक्र्याँई नगरौं भन्ने चिकित्सकहरुको सल्लाह रहेको छ। के गर्ने भन्ने बारे केही बुँदा यस्ता रहेका छन् :-
- सफा पानीले हात मुख धुने
- खोक्दा हाच्छ्यु गर्दा नाक मुख छोप्ने
- पशुजन्य मासु वाअण्डा राम्रोसंग पकाएर खाने
- जंगली वा घरेलु पशुपंछीसंग असुरक्षित सम्पर्कबाट टाढा रहने
- फ्लुको लक्षण देखेमा चिकित्सको परामर्श लिने ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।