काठमाडौं । पक्षघात अर्थात ब्रेन स्ट्रोक जसमा मस्तिष्कको कुनै भागमा रक्त प्रवाह बन्द हुनु अथवा कम हुनुको कारणले हुन्छ।
दिमागमा अक्सिजन तथा पोषक तत्वहरुको कमी हुनाले ब्लड भेसल्स अर्थात रक्त बाहिकाहरुको बीचमा रगत जम्नाले यसको क्रियाहरुमा बाधा पुग्छ । जसका कारण दिमागका मांशंपेशीह? नष्ट हुन थाल्छन जसका कारण दिमागले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै स्ट्रोक अथवा पक्षघात भनिन्छ । यदि यसको उपचार समयमा नै भएन भने दिमाग सधैंका लागि ड्यामेज हुनसक्छ । जसका कारण मानिसको मृत्यु पनि हुन सक्छ ।
चितवन मेडिकल कलेजका डा नविन पौडेलका अनुसार स्ट्रोक हनुमा उमेर कारक भए पनि उच्च रक्तचाप, धुम्रपान, मद्यपान, मधुमेह, कोलोस्ट्रोल आदि जोखिम कारक रहेका छन् । डा पौडेलका अनुसार ब्रेन स्ट्रोक दिमागको कुनै भागमा रक्तसञ्चार बन्द हुनु अथवा कम हुनाले हुन्छ । स्ट्रोक सम्बन्धी अशक्तता र मृत्युलाइ रोक्नका लागि बोली लरबराएमा, एक भागको हात खुट्टा नचलेमा, बेस्सरी रिंगटा लागेमा, आँखाको दृष्टि क्षमता कमजोर भएको लक्षण देखिएमा तु?न्त अस्पताल गइहाल्नुपर्ने बातउछन ।
ब्रेन स्ट्रोकका लक्षण के के हुन् ?
ब्रेन स्ट्रोकमा मुख, हात र खुट्टा बाङ्गो हुनु, रिंगटा लाग्नु, टाउको दुख्नु, धमिलो देख्नु, बोल्न र हिँड्न समस्या हुनु, ढाड दुख्नु आदि प्रमुख लक्षण हुन्। स्ट्रोक नन(ब्लिडिङ र बिल्डिङ दुई किसिमका हुन्छ। जसमा दिमागको नसा सुन्निने र पछि नसा फुट्ने पनि हुन्छ। शरीरको एउटा भाग नचल्ने, हात खुट्टा एउटा नचल्नु, कहिलेकाहीँ दुवै नचल्ने पनि हुन्छ। लगभग ८) प्रतिशत ब्रेन स्ट्रोकका केसमा यस्ता लक्षणहरू देखिन्छन्। तर कतिपय अवस्थामा कुनै लक्षण नै नदेखिने पनि हुन्छ। त्यसैले यसको समयमा नै पहिचान गराउनु आवस्यक छ। समयमा नै अस्पताल आइपुग्यो भने उपचार सम्भव हुन्छ, थोरै मात्रा पनि ढिला भयो भने उपचार गाह्रो हुन्छ।
ब्रेनस्ट्रोक को प्रकारः
इस्किमिक स्ट्रोक यो सबैभन्दा सामान्य प्रकार हो। रगतको थुप्रो जमेर वा रक्तनली अव?द्ध भएर मस्तिष्कमा रक्त प्रवाह रोकिन्छ।
हेमरेजिक स्ट्रोक मस्तिष्कको कुनै रक्तवाहिनी फुटेर रक्तस्राव हुँदा हुने स्ट्रोक हो। यो उच्च रक्तचाप वा मस्तिष्कमा चोट लाग्दा हुन सक्छ।
क्षणिक इस्किमिक अट्याक यसलाई मिनी स्ट्रोकू भनिन्छ। यो छोटो समयका लागि मात्र रक्त प्रवाह अव?द्ध हुने अवस्था हो, तर यसले भविष्यमा ठूलो स्ट्रोकको संकेत दिन सक्छ।
ब्रेन स्ट्रोक निम्न कारणहरू
उच्च रक्तचाप
मधुमेह
उच्च कोलेस्ट्रोल
धूम्रपान र मद्यपान
मोटोपन
अस्वस्थ खानपान र व्यायामको कमी
रोकथाम
स्वस्थ जीवनशैली अपनाउनुहोस्।
रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा राख्नुहोस्।
धूम्रपान र मद्यपान नगर्नुहोस्।
नियमित व्यायाम गर्नुहोस्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।