काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि फागुन २८ गते बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म सेयर किन्नेले सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
सिटिजन लाइफले गत वर्षको नाफाबाट २६.९८४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न सिटिजनले चैत १५ गते अम्रपाली बैंक्वेट, भाटभटेनी, काठमाडौँमा ८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।
त्यस्तै, नेष्डो समृद्ध लघुवित्तले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न नेष्डोले चैत १० गते रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा छैटौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा बिहान साढे ११ बजे सुरु हुनेछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।