add

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची






ActPro Nepal

|

२७ चैत, २०८१

|
41

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा चालु आर्थिक वर्ष ०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान १० बजे सुरु  हुनेछ । बैठकमा उपप्रधानमन्त्री एवं  अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीलाई बोलाइएको छ । 

त्यस्तै बिहान ११ बजेको लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुँने कार्यसूचीमा उल्लेख छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.