काठमाडौं । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका क्षेत्रमा लागु गरिएको निषेधाज्ञा आज (शुक्रबार) बिहानदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको अवस्था सामान्य बनेको निष्कर्ष निकाल्दै वैशाख १ गतेदेखि लागु गरिएको निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
प्रजिअ अर्यालले भने, ‘जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था हाल पूर्ण रूपमा सामान्य छ। त्यसैले निषेधाज्ञा हटाउने निर्णय गरिएको हो।’
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले पनि बुधबार दिउँसोदेखि वीरगन्ज क्षेत्रको अवस्था सामान्य हुँदै गएको जानकारी दिए।
निषेधाज्ञा अवधिमा प्रशासनले विशेष सुरक्षा सतर्कता अपनाउँदै आएको थियो। अहिले अवस्था नियन्त्रणमा आएसँगै सर्वसाधारणको दैनिक जीवन सामान्य बन्दै गएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।