add

यौन दुराचार मुद्दामा ‘तपश्वी’ बम्जनले पाए सफाइ






ActPro Nepal

|

५ वैशाख, २०८२

|
50

काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरूपयोगको आरोपमा थुनामा रहेका रामबहादुर बम्जनलाई सफाइ दिएको छ।

न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको पूर्व फैसला बदर गर्दै बम्जनलाई सफाइ दिएको हो। अदालतले बम्जनसँगै ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई समेत दोषमुक्त ठहर गरेको छ।

उक्त फैसला चैत ६ गते नै सुनाइएको भए पनि पूर्णपाठ हालै सार्वजनिक भएको हो। सफाइको फैसलापछि रामबहादुर बम्जन सिन्धुपाल्चोक कारागारबाट रिहा भइसकेका छन्।

बम्जन विगत केही वर्षदेखि विभिन्न विवादमा तानिँदै आएका थिए। बाल यौन दुरूपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत सर्लाहीले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। तर उच्च अदालतको निर्णयले बम्जनसहित तीन जनालाई उक्त मुद्दाबाट मुक्त गराएको हो।

यस फैसलासँगै बम्जन पक्षले राहत महसुस गरे पनि यस विषयमा आम जनमानसमा भने विभिन्न प्रतिक्रिया देखिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.