add

विदेशी मुद्रा संचिति हालसम्मकै धेरै, १४ महिनाको आयात धान्ने






ActPro Nepal

|

२७ फागुन, २०८१

|
172

काठमाडौं । विदेशी मुद्रा संचिति इतिहासकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (साउन-माघ)को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विदेशी मुद्रा संचिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

गत असार यता विदेशी मुद्रा संचिति १६.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी मुद्रा संचिति थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ माघ मसान्त आइपुग्दा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग माघ मसान्तसम्म २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । २०८१ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा मुद्रा संचिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.