add

खुर्कोटमा संचालनमा आयो बेलिब्रिज, २४ दिनपछि आवगमन सुरू






ActPro Nepal

|

७ कार्तिक, २०८१

|
183

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत सिन्धुली र रामेछाप जोड्ने खुर्कोटस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गरी यातायात संचालनमा ल्याइएको छ ।

गत असोज १२ गते आएको बाढीले बगाएको खुर्कोट पुलको रामेछापतर्फको भागमा बेलिब्रिज जडान गरी आजदेखि यातायात सुचारु गरिएको हो ।

नेपाली सेनाले आइतबार नै उक्त बेलिब्रिज जडान सम्पन्न गरेको थियो । हिजो भारवहन परीक्षण गरी आजदेखि पूर्ण रुपमा संचालनमा ल्याइएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई सम्मान गरेका छन् ।

खुर्कोटको पुल बगाउँदा दोलखा, रामेछाप लगायत जिल्लाको सिन्धुली र तराईका विभिन्न जिल्ला एवं काठमाडौँसम्मको छोटो दूरीको सडकमार्गको सञ्जाल टुटेको थियो ।

बाढीपहिरोले सबैभन्दा धेरै क्षति पुर्याएको बीपी राजमार्गमा अस्थायी ट्रयाक निर्माण गरी गत असोज अन्तिम सातादेखि यातायात संचालनमा ल्याइएको थियो । तर, पुल नहुँदा बीपी राजमार्ग हुँदै रामेछाप जाने सवारीसाधन धुलिखेल–चरिकोट हुँदै जाने गरेका थिए ।

बीपी राजमार्ग संघीय राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक हो । यस सडक हुँदै दैनिक हजारौं सवारीसाधन आवतजावत गर्छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.