add

बजारमा कृतिम अभाव भएपछि भारतबाट २ लाख टन गहुँ आयात गरिने






ActPro Nepal

|

२ कार्तिक, २०८१

|
8

काठमाडौं । नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने भएको छ ।

बजारमा गहुँको अभाव हुने देखिएपछि केहीमात्रामा मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल थालेको हो ।

भारत सरकारसँग गहुँको आयातका विषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए ।

मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादकलगायत व्यवसायीबाट गहुँ, पिठो र मैदा सहजरुपमा आपूर्तिको माग आएपछि गहुँ आयातको पहल थालिएका र यसप्रति भारत सरकार सकारात्मक रहेको उनले बताए ।

मैदा व्यवसायीले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन् । व्यवसायीलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयले आग्रह गरेको प्रवक्ता अधिकारीले बताए । बजारमा कृतिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको पाइएमा अनुगमन गरी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

बजारमा गहुँको अभाव हुन थालेको र गहुँको मूल्यवृद्धि भएकाले मैदाको मूल्य बढाउन बाध्य भए पनि चाडपर्वका बेला मूल्य स्थिर गर्न मैदा उत्पादक सङ्घ सहमत भएको सङ्घका उपाध्यक्ष दिनेश अग्रवालले बताए । नेपालमा गहुँ आपूर्ति गर्दा समस्या हुने गरेकाले उनले सरकारलाई सहज गरिदिन आग्रह गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिने र सर्वसाधारण उपभोक्तालाई मर्का पार्ने विषय स्वीकार नहुने भएकाले त्यस्ता क्रियाकलापलाई निरुत्साहन गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउने तथा अनुगमनका क्रममा गलत क्रियाकलाप भएको पाइएमा कानुनबमोजिम कारबाही गरिने बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.