add

टी-२० आई क्रिकेट: नेपालसँग अमेरिका १७ रनले पराजित






ActPro Nepal

|

२ कार्तिक, २०८१

|
13

काठमाडौं । अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन खेलको टी–२० आई सिरिजमा १–० को अग्रता लिएको छ। 

शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६४ रन बनायो। १६५ रनको लक्ष्यसहित मैदान उत्रेको अमेरिकाले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो।

अमेरिकाका लागि सयन जहागिरले नट आउट रहँदै सर्वाधिक ६० रन जोडेपनि त्यो जितका लागि काम लागेन। यस्तै आन्द्रेस गौसले ३० रन बनाउँदा मिलिन्द कुमारले २२ रनको पारी खेले। जबकी हरमित सिंहले १६ रन बनाए।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोयडे भने दिपेन्द्रसिंह ऐरीले २८ रन जोडे। त्यस्तै ओपनर ब्याट्सम्यान अनिल साह र आशिफ शेखले समान २७२७ रन जोड्दा कुशल भुर्तेल १० र गुलशन झा ११ रनमा आउट भए।

त्यस पछि ब्याटिङ्गका लागि मैदान उत्रेका सोमपाल कामी, करण केसी र आरिफ शेख शून्य रनमा आउट भए भने सागर ढकाल २ रनमा आउट भए।

अमेरिकाका लागि हरमित सिंह, सौरभ नेत्रवालकर र जसदिप सिंहले समान २/२ विकेट लिए भने अलि खान र नोस्थस केन्जीगले समान १/१ विकेट हात पारे।

अमेरिकालाई जितबाट रोक्नका लागि दिपेन्द्र सिंह ऐरीले २७ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारे। यस्तै गुलशन झाले १९ रन खर्चेर १ र करन केसीले १८ रन खर्चेर १ विकेट लिए।  

जितसँगै नेपाल ३ खेलको टी–२० सिरिजमा १–० ले अग्रता बनाएको छ।

अब नेपाल र अमेरिकाबीचको दोस्रो खेल २० अक्टुबरमा हुनेछ भने तेस्रो खेल २१ अक्टुबरमा हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.