add

बाढीपहिरोले पुर्‍याएको क्षतिमा झण्डै ९ अर्बको बिमा दाबी






ActPro Nepal

|

२ कार्तिक, २०८१

|
91

काठमाडौं । असोज दोस्रो साताको वर्षाले पु¥याएको क्षतिमध्ये असोज २९ गतेसम्म करिब ८ अर्ब ९८ करोड ३० लाखको बिमा दाबी परेकोमा सवा १७ करोड बराबर भुक्तानी भएको छ । एक हजार ३ सय दुई सय ४४ दाबी संख्याबाट त्यति रकम मागदाबी तथा भुक्तानी गरिएको गरिएको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी दाबी वाग्मती प्रदेशमा छ । यस प्रदेशमा हालसम्म दुई हजार आठ सय ६९ वटा दाबी संख्यामार्फत ८ अर्ब ३३ करोड ९१ लाख रुपैया“ बराबर दाबी देखिएको छ ।

धेरै दाबी पर्ने प्रदेशको दोस्रो नम्बरमा कोशी छ । यस प्रदेशमा दुई सय १५ वटा दाबी संख्यामार्फत करिब ४० करोड ९६ बराबरको दाबी परेको छ । कोशीपछि क्रमशः मधेश, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै दाबी परेको प्राधिकरणको तथ्यांक छ ।

यस्तै, अजोस २९ सम्म परेका दाबीमध्ये सम्पत्ति बिमाअन्तर्गत सबैभन्दा धेरै १६ हजार २० वटा दाबी परेका छ । जसमा ६ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ माग दाबी गरिएको छ भने १६ करोड १० लाख रुपैया“ बराबरको भुक्तानी पनि भइसकेको छ ।

यसैगरी, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमालेखअन्तर्गत १ अर्ब ८४ करोड ७ लाख रुपैयाँ, मोटर बिमा (निजी) अन्तर्गत २३ करोड ७२ लाख ९० हजार, मोटर बिमा (सार्वजनिक) अन्तर्गत १६ करोड ९४ लाख ६९ हजार, सामुद्रिक बिमाअन्तर्गत २ करोड २१ लाख, कृषि बाली बिमाअन्तर्गत १ करोड ११ लाख, पशुपन्छी बिमाअन्तर्गत १ करोड १ लाख र अन्य (विविध) बिमालेखअन्तर्गत ५४ लाख ८५ हजार रुपैयँ“ बराबरको दाबी कम्पनीहरुमा परेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.