add

धितोपत्र बोर्डको अध्यक्ष छनोट अनिश्चित, फेरि अन्तर्वार्ता स्थगित






ActPro Nepal

|

१८ असोज, २०८१

|
68

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी अस्वस्थ्य भएपछि आजका लागि बोलाइएको अन्तर्वार्ता रोकिएको हो ।

अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वाता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ । समितिले यसअघि सर्टलिस्टमा परी अन्तर्वार्ता दिन नगएका कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र नवराज अधिकारीलाई आज अन्तर्वार्ता तथा प्रस्तुतीका लागि बोलाएको थियो । उनीहरू अन्तर्वार्ताका लागि मन्त्रालयमा गए पनि संयोजक अधिकारी बिरामी परेपछि स्थगित भएको हो ।

यसअघि उनीहरूलाई लाई दुई पटक अन्तर्वार्ताका लागि बोलाइएकोमा दुवै पटक अनुपस्थित भएका थिए । यससँगै अब बोर्डले दशैंअघि अध्यक्ष नपाउने भएको छ । बोर्डको गत पुस २१ गतेदेखि नेतृत्वविहीन छ ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले अन्तिम चरणमा रद्द गरेको बोर्ड अध्यक्ष छनोट प्रक्रिया अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आएपछि फेरि अघि बढाएका थिए ।

पुष्पकमल दाहल नेतृत्वको सरकारले २०८० माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बोर्ड अध्यक्ष छनोट समिति गठन गरी छनोट प्रक्रिया अघि बढाएको थियो ।

सो समितिले फागुन १६ गते दरखास्त आह्वान गरेको थियो । बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये समितिले सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, कृष्ण बहादुर कार्की, डा। नवराज श्रेष्ठ र चिरञ्जीवि चापागाईं अन्तिम पाँचमा छनोट गरेको थियो।

समितिले सर्टलिस्टमा परेका ५ जनालाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि असार २ गते बोलाएको थियो । तर, सन्तोष नारायण र मुक्ति मात्रै उपस्थित भएका थिए । सो दिन अनुपस्थित भएका कार्की, चापागाई र नवराजलाई समितिले अन्तर्वाताका लागि फेरि असार ५ गते बोलाएको थियो । सो दिन पनि उनीहरू नगएपछि समितिले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो ।

महान्यायाधिवक्ता कार्यालयले असार ११ गते समितिलाई धितोपत्र ऐनको व्यवस्था अनुसार कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न वा छनोट प्रक्रिया नै रद्द गर्न राय दिएको दिएको थियो । समितिले सोही राय अनुसार असार १४ गते प्रक्रिया नै रद्द गरेको थियो ।

समितिले प्रक्रिया रद्द गरेपछि सर्टलिस्टमा परेका सन्तोष नारायण श्रेष्ठले असार १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । असोज १८ गते सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रद्द नगर्न सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.