add

आठ महिनामा भित्रिए ७ लाख बढी पर्यटक






ActPro Nepal

|

१७ भदौ, २०८१

|
153

काठमाडौं । सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आवागमन ८.३ प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा ५ हजार ५६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् ।

सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् ।

अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट चार हजार ८५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार सन् २०२२ को अगष्टमा ४१ हजार ३०४, सन् २०२१ को अगष्टमा ६ हजार ९३ र सन् २०१९ को अगष्टमा ९४ हजार ७४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

सन् २०२४ को ८ महिनामा कुल ७ लाख २ हजार ३३४ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार यस वर्ष जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाइमा ६४ हजार ५९९ र अगष्टमा ७२ हजार ७१९ विदेशी नेपाल भित्रिएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.