पठाओ पार्सल डेलिभरी महोत्सव सुरू, १ रुपैयाँमै नेपालभर सामान डेलिभरी हुने






ActPro Nepal

|

१६ भदौ, २०८१

|
56

काठमाडौं । पठाओ पार्सलको ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ सुरु भएको छ । यस महोत्सवको अवसरमा कम्पनीले १ महिनासम्म नेपालभर १ रुपैयाँमै सामान डेलिभरी गर्ने भएको छ।

यो अफर भदौ १६ गतेदेखि असोज १४ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले काठमाडौं उपत्यकाका साना–ठूला सबै व्यवसायलाई नेपालभर पुर्‍याउने उद्देश्यले एक महिने पठाओ पार्सल डेलिभरी महोत्सव’ सुरू गरिएको बताइन्।

उनका अनुसार काठमाडौंका असन, न्यूरोड, कालीमाटी, बनस्थली, कुलेश्वर र चाबहिलमा ‘ह्युमन बिल्बोर्ड’ डुलाएर कपडा, फेशन, कस्मेटिक, एक्सेसरिज, ग्याजेटलगायत व्यवसाय तथा ग्राहकलाई महोत्सवबारे जानकारी गराइएको छ।

पठाओले हाल नेपालका ३०० भन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिँदै आएको छ। पठाओ पार्सलबाट काठमाडौं उपत्यकामा २४ घण्टा भित्र, उपत्यकाबाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा तीन दिनभित्र सामान डेलिभरी भइसक्ने पठाओले जनाएको छ।

२०२३ डिसेम्बरदेखि सेवा सुरू गरेको पठाओ पार्सलले एक वर्ष नपुग्दै हजारभन्दा बढी व्यवसायलाई डेलिभरी सेवा प्रदान गरिसकेको र मासिक ९० हजारभन्दा बढी डेलिभरी गर्ने गरेको हमालले बताइन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.