काठमाडौं । माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको मंसिर १७ गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोग र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।