add

दुई पटक प्रधानमन्त्री र एक पटक मात्रै राष्ट्रपति बन्न पाउने प्रस्ताव केन्द्रीय समितिबाट पास हुन्छः महामन्त्री शर्मा






ActPro Nepal

|

१६ भदौ, २०८१

|
127

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव आइतबार बस्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस केन्द्रीय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रस्ताव गरेको बताए।

उनले आइतबार बस्ने केन्द्रीय समितिको बैठकले सो नीति साझा दृष्टिकोण र सहमतिबाट पास गर्ने बताए। प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि उसले दुई पटकभन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए। उनले अहिले केही समस्या रहेको भए पनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने उल्लेख गरे।

महामन्त्री शर्माले एक पटक राष्ट्रपति बन्न पाउने र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने दृष्टिकोण बनाएर जानसके भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्ने बताए। उनले सो दृष्टिकोण अहिले बन्न नसके संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्ने गरी अघि बढाउने पनि बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.