add

हामी आफ्नै तरिकाले अगाडि बढ्न तयार भइसक्यौं : झा






ActPro Nepal

|

११ भदौ, २०८१

|
137

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद मनिष झाले पार्टी सभापति रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेहरुले अझै देखाउन नसकेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरु अहिलेसम्म त्यो प्रमाण कुरिरहेको बताए।

सांसद झाले आफूहरु कत्तिपनि नगडमगाएको बताउँदै आफ्नै तरिकाले अगाडि बढ्न तयार भइसकेको बताए। उनले आफूहरु देश बनाउन इमानदार प्रयास गर्न आएको बताए।

‘हामी इमानदार प्रयास गर्न आएका हौं। १०९ दिन अगाडि हामीसँग प्रमाण छ भनेर एक जनाले हामीप्रति प्रश्न राखेर तपाईंहरुले सरकारीबाट ऋण लिएको प्रमाण छ भनेर बोल्नुभएको थियो। आजसम्म प्रमाण कुरिरहेका छौं, आएको छैन,’ उनले भने, ‘हामी डगमगाएका छैनौं। हामी आश गर्दैथ्यौं, विश्वास गर्दैथ्यौं, तर अब अति भयो । हामी आफ्नै तरिकाले अगाडि बढ्न तयार भइसक्यौं।’

कुनै बालक स्कुल पढ्न जाँदा उसको नामा सरकारले खाजाको लागि बजेट विनियोजन गर्ने गरेको बताउँदै त्यसपनि भ्रष्टाचार भइरहेको बताए। उनले युवा भएपछि रोजगारी, स्वच्छ हावापानी, रोजगारी आदिमा समस्या रहेको बताए।

‘राज्यले उपलब्ध गराउने कुनै रोजगारीको परिकल्पना गर्छ भने त्यहाँ पनि भ्रष्टाचार छ, घुस खुवाउनुपर्छ,’ उनले भने, ‘यो देशमा मैले रोजगारी पाउँदिन, विदेश जान्छु भन्दा पनि घुस खुवाउनुपर्छ।’

विदेश गएर शिक्षा लिएर नेपाल फर्किँदा नेताहरुले नै खिस्सिट्युरी गर्ने गरेको पनि उनले बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.