add

नाराबाजी गर्नेसँग जंगिदै देउवाले भने : यही हो नेपालको चलन?






ActPro Nepal

|

११ भदौ, २०८१

|
207

काठमाडौं । सोमबार सैनिक मन्च टुडिखेलमा आयोजित गौरापर्व विशेष कार्यक्रममा सहभागीहरुले नेताहरु विरुद्ध नाराबाजी गरेका छन्। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोल्दै गर्दा दर्शकहरुले नाराबाजी गरेपछि उनी आक्रोशित भएका थिए। आक्रोशित हुँदै देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस्।’

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित कार्यक्रममा सहभागीहरुले नेताहरु बोल्दा नाराबाजी गरेका थिए । 

‘यही हो नेपालको चलन? यही हो सिकेर आएको?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन।’ 

गौरापर्व खेल्न र हेर्न आएकाहरुको कार्यक्रम बिथोल्न खोजेको भन्दै देउवाले आक्रोश व्यक्त गरेका थिए ।

नाराबाजीकाबीच देउवाले आफ्नो सम्बोधन जारी राखेका थिए। देउवाअघि प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएको थियो।

नाराबाजीमा सहभागीहरुले बालेन्द्र शाह(बालेन)लाई नबोलाएकोमा आक्रोश पोखेको बताइन्छ। प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह(प्रशंसा)ले वर्षेनी काठमाडौंमा गौरापर्व विशेष कार्यक्रम गर्दै आइरहेको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.