add

प्रधानमन्त्री ओली भन्छन्– शिक्षित मुर्ख होइन, सज्जन र गुणवान मान्छे उत्पादन गरौं






ActPro Nepal

|

११ भदौ, २०८१

|
148

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शिक्षित मुर्ख नभई सज्जन र गुणवान मान्छे उत्पादन गर्न विश्वविद्यालयहरुले काम गर्नुपर्ने बताएका छन्। 

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित सुुदूूरपश्चिम विश्वविद्यालयको १२औं सभामा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने बताए।

‘गरूहरुले ऋषिमन र भावका साथ काम गर्नुपर्छ। त्यसो भएमा चेलाहरुले गुरुहरुलाई मान्छन्,’ उनले भने, ‘विद्यार्थीलाई शिष्ट, नम्र र शालीन हुन सिकाउन सक्नुपर्छ नत्र समाज अनुकूूल शिक्षा हासिल भएको मान्न सकिँदैन।’

सुुदूरपश्चिम विश्वविद्यालयको स्थापनापूर्वको छलफलमा आफू सहभागी भएको उल्लेख गर्दै उनले सुदूरपश्चिमको संस्कृति र पन झल्कने खालको शिक्षा दिन पनि पदाधिकारीलाई आग्रह गरे।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई सहभागी सभामा उपकुुलपति प्रा.डा. हेमराज पन्तले विश्वविद्यालयको समग्र अवस्था र रजिष्ट्रार प्रा यज्ञराज पाठकले कार्यक्रम तथा बजेटसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.