काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा(एमाले)लाई त्रिभुवन विश्वविद्यालयको सम्पति आधा–आधा बाँडेर पार्टी कार्यालय बनाउन सुझाव दिएका छन्।
बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले कांग्रेस र एमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा–आधा बाँडेर लिन सुझाव दिएका हुन्। उनले नेपाली विद्यार्थीहरूलाई विदेशमा लखेटेर त्रिभुवन विश्वविद्यालयमा भागबन्डाको राजनीति गरेको भन्दै सम्पति बाँडफाँट गरेर दलको नाममा दर्ता गर्न र पार्टी कार्यालय खोल्न सुझाव दिए।
उनले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कोसिस भइरहेको भन्दै ठूला दलहरूले आफूलाई चोख्याउनका लागि हदम्याद राख्न लागिएको बताए। उनले हदम्याद राखेर भ्रष्टाचारलाई चोख्याउन दिनु नहुने बताए।
सांसद सिंहले भ्रष्टाचारलाई चोख्याउने र भ्रष्टाचार संरक्षक देश बनाउन खोजिएको भन्दै त्यसप्रति आपत्ति जनाए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।