add

प्रहरीका परिवारबाट सामाजिक दायित्व निर्वाह हुनु अनुकरणीय : महानिरीक्षक कुँवर






ActPro Nepal

|

५ भदौ, २०८१

|
165

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेको बताएका छन् ।

मंगलबार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले कर्तव्य पालनाको सिलसिलामा प्रहरीहरूले व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व निर्वाह गर्न नसकेपनि परिवारले कुशलतापूर्वक निर्वाह गरिरहेको बताएका हुन् । 

महानिरीक्षक कुँवरले नेपाल प्रहरी श्रीमती संघले गरेको काम अनुकरणीय भएको बताए । संघले नेपाल प्रहरीका कार्य अशक्त र घाइते प्रहरी परिवारहरुको सीप विकास, क्षमता अभिवृद्धि, प्रहरी सन्ततिहरूको शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकास, दिवा शिशु स्याहार केन्द्रमार्फत प्रहरीका नाबालक सन्ततिहरूको रेखदेख गर्ने लगायतका काम गरिरहेको भन्दै प्रशंसनीय काम भएको बताए । उनले प्रहरी कर्मचारीहरूका परिवारका सदस्यहरूले प्राप्त गरेको विविध कल्याणकारी सुविधा नेपाल प्रहरीका सकल दर्जाहरूको उच्च मनोबलको रूपमा रहेको पनि बताए । यसले समग्र प्रहरीहरूको कार्य सम्पादनमा समेत सकारात्मक परिवर्तन ल्याएको उनको भनाई छ । 

उनले प्रहरी श्रीमती संघले गरेका कामहरूका कारण नेपाल प्रहरीको छवि अभिवृद्धि भएको पनि बताए । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.