भरतपुर । प्रेस सेन्टर चितवन नेपालको ‘ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन - २०८१ ’ सम्पन्न भएको छ ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् , भने उपाध्यक्षमा नवीन बाबु मराठा र महिला उपाध्यक्षमा दिप्ती विश्वकर्मा चयन भएका छन् । यस्तै, सचिवमा सुरेन कुँवर, सह - सचिवमा हिरालाल गुरुङ र खुल्लातर्फ सह - सचिवमा अनिल भट्टराई छन् । कोषाध्यक्षमा सुनिल पराजुली चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा प्रमिता भण्डारी, सन्तोष विश्वकर्मा, राजकुमार देउजा, कमलराज ढकाल, सुजन खनाल, विशाल अमगाईसहित २ जना थप गरी कुल १५ सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
त्यस्तै, महानगर कमिटीमा अध्यक्ष किशोर चन्द्र सापकोटा, उपाध्यक्ष रबिनचन्द्र अधिकारी, सचिव आयुष न्यौपाने र कोषाध्यक्ष सुमन सुवेदी चयन भएका छन् । यसैगरी, सदस्यहरूमा सुरज परियार, अशोक परियार, सूचना गुरुङ, विवेक पोख्रेल, दीपक पोख्रेल, मनिष पौडेलसहित १ जना थप गरी ११ सदस्य निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय प्रतिनिधिहरूमा सूर्य पाठक, अजिता अधिकारी, सुजिता हमाल, प्रकाश आचार्य, भुवन प्रसाद उप्रेती र उर्गेन तामाङ सर्वसम्मत रूपमा चयन भएका छन् । यो अधिवेशनले संगठनलाई थप सुदृढ गर्दै पत्रकारिता क्षेत्रको विकास र सशक्तिकरणमा योगदान गर्ने अपेक्षा गरिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।