add

दुईवटा संसदीय समितिको बैठक बस्दै






ActPro Nepal

|

१५ माघ, २०८१

|
133

काठमाडौँ ।  मंगलबार संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छ ।

जसअनुसार आज कानून, न्याय तथा मानव अधिकार समिति बैठक बिहान ८ बजे बस्दै छ । बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ । 

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि आज सिंहदरवारमा बस्दैछ । दिउँसो साढे ३ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ ।

यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको स्थगित गरिएको छ ।  दिनको १२ः२५ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.