ललितपुर । नेपाल कृषि महासंघको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुरको हरिहभवनस्थित कृषि विभागको सभाहलमा भएको कार्यक्रमा गत आर्थिक वर्ष २०८० / ०८१ मा संचालन गरिएका कार्यक्रम र चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु अनुमोदन गर्दै साधारण सभा समापन भएको हो । महासंघले कृषि सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय गोष्ठी गर्नुको साथै राजपत्राकिंत प्राविधिक कर्मचारीको व्यवस्थापन तथा समायोजन विज्ञप्तीलगायत कृषि क्षेत्रको विकासको लागि सरोकारवाला निकायहरुबीच छलफल तथा अन्तिक्रिया कार्यक्रम गर्दै आइरहेको छ । चालु आर्थिक वर्षमा हेन्ड वुक अफ एग्रिकल्चर किताव प्रकाशन गर्ने कार्यक्रम रहेको महासंघका पदाधिकारीले जानकारी दिए । महासंघका सल्लाहकार एवं पूर्व सचिव गणेश बहादुर के.सी. ले महासंघले राम्रो कामको सुरुवात गरेकोले यसलाई अझ बढाउदै जानुपर्ने बताए ।
त्यसैगरी, कृषि विभागका उप - महानिर्देशक इन्जिनियर जगन्नाथ तिवारीले महासंघसगँको सहकार्यमा राम्रा कार्यहरु भएको र आगामी दिन पनि हुने बताए । यस्तै, नेपाल कृषि महासंघका अध्यक्ष शिव सुन्दर श्रेष्ठले कृषिको उत्पादन र उत्पादकत्व बढाउन बढाई गरिवी निवारण गर्नु पर्ने आजको आवश्यकता रहेकोले संरचनागत सुधारसँगै नीति नियमको कार्यन्वयनमा जोड दिनुपर्ने बताए । साधारण सभामा महासंघका उपाध्यक्ष मोहन बहादुर थापाले कृषिको विकासको लागि सरोकारवाला निकायहरु छलफल तथा अन्तिक्रिया गरिदै आएको बताए । कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहबीच सम्बन्ध प्रभावकारी बनाउन महासंघले भूमिका खेल्नु पर्ने, वालीनालीमा जंगली जनावरले पु¥याएको क्षति, युवा जमात विदेश पलायन हुने चिन्ताको विषय रहेको उल्लेख गरिएको थियो ।
यसैगरी, कार्यक्रममा मल विउ, बजार, युवा जनशक्तिको अभाव जस्ता कृषिमा देखिएका समस्याको समाधानको लागि सशत्त तरिकाले कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता रहेको महासंघका महा - सचिव परशुराम अधिकारीले बताए । कार्यक्रममा हिमालयन आइटी र छपाई सम्बन्धि कार्यमा हिसी प्रिन्टिङलाई कदर - पत्र प्रदान गरिएको थियो । नेपाल कृषि महासंघ व्यवसायिक सीप अभिवृद्धि, कृषि तथा पशुपालन क्षेत्रको हितको रक्षा गर्न सन् २००६ को जनु २८ मा विभिन्न कृषि व्यवसायी समाजहरुको छाता संगठनको रुपमा स्थापना भएको थियो । यस महासंघमा नेपाल कृषि आर्थिक समाज, नेपाल वागवानी समाज, वाली सरक्षण समाज नेपाल, नेपाल फिसरिज सोसाईटी, नेपाल विज्ञान समाजलगायतका १२ वटा संस्थाको आवद्धता रहेका छ । महासंघले कृषि विज्ञान र प्रविधिको क्षेत्रमा कृषक, उद्यमी, कृषकहरु र नीति निर्माताहरुबीच ज्ञानको आदान प्रदानका कार्यहरु गर्दै आइरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।