बिमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाउने दुई जना पक्राउ






ActPro Nepal

|

२३ साउन, २०८१

|
108

काठमाडौं । बीमा रकम दावीका लागि आफ्नै पसलमा आगोलागी गर्ने दुई जना प्रक्राउ गरेका छन् ।

गत बुधवार (साउन १६ गते) पोखरा महानगरपालिका–६ स्थित नारेश्वरचोकको मुक्तिनाथा सपिङ्ग सेन्टर नामक पसलमा आगोलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बीमा रकमका लागि आफ्नै पसलमा आगो लगाउने पसल संचालक सुजन गहतराज र पोखरा महानगरपालिका–१७ बस्ने पवन नेपाललाई पक्राउ गरेको हो ।

उक्त पसलका संचालक गहतराजले गत वर्ष २०८० चैत २ गते हिमालयन एभरेष्ट इन्स्योरेन्समा पसलको बीमा गराएका थिए । उनले २ करोड १० लाख रुपैयाँ बराबरको बीमा गरेको थिए । आगोलागी पश्चात गत साउन १७ गते बीमा दावीका लागि निवेदन पेश गरेको खुलेको छ ।

प्रहरीका अनुसार संचालक गहतराजले प्रयोग गर्ने ग ३ च ६२६६ नम्बरको गाडीमा दुई व्यक्ति आएर उक्त सपिङ सेन्टर भित्र गएको सीसीटिभी फुटेज मार्फत भेटिएको छ । विद्युत प्राधिकरणबाट जाँचबुझ गर्दा पनि विद्युतमा कुनै कैफियत रहेको खुलेको छ । विभिन्न प्राविधिक विश्लेषणबाट बीमा रकम दावी गर्नका लागि पसलमा आगो लगाइएको पुष्टि भएको प्रहरीले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.