असार २ गते आइतवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ असार २ गते, आइतवार, १६ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष दशमी तिथि। हस्त नक्षत्र, १०ः३४ बजेपछि चित्रा। चन्द्रराशि कन्या।

आजको राशिफल

मेष : शेयरको कारोबारमा फाइदा हुनेछ। चिट्ठा पर्ने योग छ। शिक्षामा भन्दा व्यपारमा नाफा हुनेछ। परिवारमा तपाईंको बोली कार्यान्वयन नहुने जोखिम देखिन्छ।

वृष : दिन रमाइलो छ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने देखिन्छ। साझेदारीमा गरेको लगानीबाट झन्झट आइपर्न सक्छ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

मिथुन : खर्च बढ्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमै गरेको लगानीबाट आम्दानी बढ्नेछ। श्रम गरेको क्षेत्रमा नाफा हुनेछ। स्वास्थ्य क्षेत्रमा खर्च बढ्ने देखिन्छ। परिवारमा भने विवाद बढ्ने देखिन्छ।

कर्कट : आफन्तले व्यवहारमा अप्ठेरो पार्ने जोखिम देखिन्छ। जग्गा र घरको कारोबारले फाइदा हुनेछ। शिक्षा क्षेत्रको लगानीमा सफलता मिल्नेछ। परिवारमा खटपटी बढ्ने जोखिम छ। थोरै बोलेर काम मात्र गर्नु फाइदाजनक हुनेछ।

सिंह : वैदेशिक क्षेत्रको लगानीबाट काम बन्नेछ। धनलक्ष्मी योग परेकाले लगानी गर्न आँट गर्नुपर्ने दिन छ। अप्ठेरो परिस्थितिमा साथीको साथ मिल्नेछ। परिवारभित्र भने गुनासा धेरै सुन्नुपर्ने हुनसक्छ। सामाजिक क्षेत्रमा भने सेवाको अवसर प्राप्त हुनेछ।

कन्या : बोलीको प्रभावले राम्रो काम बन्नेछ। परोपकारी संस्था र व्यक्तिसँग सहकार्यको अवसर प्राप्त हुनेछ। धार्मिक क्षेत्रमा गरेको लगानीले जीवनमा सफलताको बाटो बन्नेछ। परिवारसँगको सम्बन्ध सफल बन्नेछ।

तुला : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा खटपटी आउनसक्छ। समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ। कामको व्यस्तताले खानपानमा समस्या हुनसक्छ। परिवारको व्यवस्थापन नहुँदा खटपटी बढ्नेछ।

वृश्चिक : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। कुरा काट्ने साथी शान्त छन्। न्यापूर्वक गरेको श्रमको मूल्यांकन हुनेछ। परिवारसँगको सम्बन्धमा वादविवाद बढ्ने योग छ।

धनु : समय रमाइलो छ। सांगीतिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। खेल क्षेत्रमा रुचि बढ्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ।

मकर : शिक्षा क्षेत्रको श्रमबाट फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा विवाद हुने योग छ। गोपनीयता खोल्ने बानीले घाटा हुने देखिन्छ। परिवारलाई समय नदिँदा विवाद बढ्ने जोखिम छ।

कुम्भ : साथीभाइको झगडा देख्नुपर्ने हुनसक्छ। झुटा आरोपको सामना गर्नुपर्ने दिन छ। मन उदास हुनसक्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। आफन्तबाट धोका हुनेछ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

मीन : आफन्तबाट अपमानित हुने योग छ। धेरै तर्क नगर्नु राम्रो हुनेछ। श्रमको क्षेत्रमा न्याय मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।