add

साउथ अफ्रिकाविरुद्ध एक रनले चुक्यो नेपाल






ActPro Nepal

|

२ असार, २०८१

|
891

काठमाडौं । टी २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार व्यहोरेको छ ।

सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन चाहिएको थियो । क्रिजमा गुल्शन झा थिए । तेस्रो बलमा गुल्शनले चौका हान्दै जितको आशा जगाएका थिए । चौंथो, बलमा थप दुई रन जोडेपछि नेपाल जितको नजिक देखियो । अन्तिम दुई बलमा नेपाललाई दुई रन मात्र चाहिएको थियो । तर, गुल्शन दुवै बलमा चुके ।

अन्तिम बलमा एक रन लिएर खेल सुपर ओभरमा लैजाने मौका थियो । गुल्शन समयमै रनका लागि नदौडिँदा अर्को इन्डसम्म पुग्न सकेनन् र रनआउट भए ।

१७ ओभरको खेल समाप्त हुँदासम्म नेपाल ३ विकेट क्षतिमा ९८ रन बनाएर सहज जितको बाटोमा थियो । तर, १८ औं ओभरको खेलमा ट्विस्ट आयो । ताब्राइज साम्सीले दिपेन्द्र सिंह ऐरी र आसिफ शेखलाई तीन बलको अन्तरालमा आउट गरेपछि नेपाली खेमा तनावमा परेको थियो । लगत्तैको ओभरमा कुशल मल्ल पनि आउट भएपछि खेल दक्षिण अफ्रिकाको पक्षमा मोडियो ।

१९ औं ओभरको पाचौं बलमार छक्का हान्दै सोमपाल कामीले फेरि नेपाली समर्थकलाई उत्साहित तुल्याएका थिए । तर, अन्तिम ओभरमा उनी ब्याटिङमा उत्रिन पाएनन् ।

योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.