add

यी गुण भएका व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैनन्






ActPro Nepal

|

६ फागुन, २०८०

|
1017

काठमाडौं । चाणक्य नीति भनेको चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरू लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरू यसमा रहेकाले यो  विश्वभर पढ्ने गरिन्छ । जीवनमा सफल हुन चाहिने प्रमुख अस्त्र भनेको मेहनत हो ।

आचार्य चाणक्यले आफ्नो नीतिमा  उल्लेख गरेका कुरालाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ भनेर उल्लेख गरेका छन् ।

सफलता प्राप्तीका लागि व्यक्तिमा केही विशेष गुण हुनु पनि आवश्यक हुन्छ । यो समाचारमा हामीले मानिसमा हुनुपर्ने त्यस्ता ५ गुणबारे उल्लेख गरेका छौं, जो गुण भएका व्यक्ति कहिल्यै असफल हुँदैनन् ।

– सफलता प्राप्तिका लागि पहिलो कुरा भनेको खुलापन हो । यसको अर्थ व्यक्तिले आफ्नो कान, आँखा र दिमाग सधैँ खुला राख्नु हो । जसले गर्दा उ आसपासमा भइरहेका घटनाप्रति सचेत बन्न सक्छ, जसले उ त्यस कुरामा असफल हुँदैन ।

– जस्तोसुकै कठिन समय र परिस्थितिको पनि सामना गर्न सक्ने मान्छे जीवनमा कहिल्यै असफल हुँदैन ।

– मेहनत नगरी प्राप्त गरेको कुनै पनि उपलब्धि दिगो हुँदैन । सफलता प्राप्तिका लागि मेहनतको विकल्प हुँदैन । त्यसैले मेहनत गर्ने व्यक्ति  सफल हुन्छन् ।

– ज्ञानको अर्थ, विषयको जानकारी हो । त्यो किताब पढेर मात्रै प्राप्त हुँदैन । राम्रो–नराम्रो कुरालाई पहिचान गर्न सक्ने, जीवनप्रति सकारात्मक सोच राख्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैन ।

– व्यक्तिले कहिल्यै पनि सबै धन व्यय (खर्च) गर्नु हुँदैन । एक दिन हरेकको नराम्रो समय आउन सक्छ । यस कारण नराम्रो समयको सामना गर्न सबै व्यक्तिले धन सञ्चित गरेर राख्नुपर्छ । धन सञ्चित गरेर राख्ने व्यक्तिले कहिल्यै अरूको सामु हात फैलाउनु पर्दैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.