add

अचानक छालामा निलो दाग देखियो ? कारण यस्तो हुनसक्छ






ActPro Nepal

|

१२ पुष, २०८०

|
304

काठमाडौं । कहिलेकाहीँ राति राम्रै सुतेको बेलामा बिहान उठ्दा शरीरमा कालो वा गाढा निलो डाम देखिने गर्छ । यो कसरी हुन्छ भन्ने सबैलाई आश्चर्य लाग्न सक्छ ।

साधारणतया यस्तो डामलाई ‘बोक्सी’ले टोकेको भन्ने परम्परागत विश्वास रहेको पाइन्छ । तर, विशेषज्ञहरू भने शरीरमा देखिने यस्ता दाग वा निल डाम आन्तरिक रक्तस्रावका कारण हुने बताउँछन् ।

शरीरको छालको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न जान्छ । जसका कारण सम्बन्धित ठाउँमा रगत जमेर छालामा निलो डाम देखिने गर्छ ।

यस्तो डाम आन्तरिक रक्तस्रावका कारण हुने चिकित्सकहरू बताउँछन् । आन्तरिक रक्तस्राव हुने कारण शरीरमा प्लेटलेट्सका कारण हुने गर्दछ ।

एउटा स्वस्थ व्यक्तिको शरीरमा डेढ लाख देखि ४ लाखको हाराहारीमा प्लेटलेट्स हुने गर्दछ । यदि कुनै व्यक्तिको शरीरमा प्लेटलेट्को संख्या ४० हजार भन्दा कम रहेको अवस्थामा उक्त व्यक्तिमा गम्भीर समस्या उत्पन्न हुने खतरा बढेर जाने गर्दछ ।

विशेष गरी, ३० हजार भन्दा कमको सङ्ख्यामा प्लेटलेट्स हुने व्यक्तिलाई हात, खुट्टाका साथै मस्तिष्क, पेट लगायतको भागबाट समेत आन्तरिक रक्तस्राव हुने सम्भावना अधिक हुने गर्दछ । यस्ता व्यक्तिलाई औषधीद्वारा प्लेटलेट्स बढाउने वा प्लेटलेट्स चढाउन सकिन्छ ।

यस्तो समस्याबाट बच्न  शरीरमा चोटपटक लाग्न नदिने, धारिलो हतियारको प्रयोग नगर्ने लगायत विशेष सावधानी अपनाउन जरुरी छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.