काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिएकी छिन् ।
जुत्ता उत्पादक सङ्घ नेपालले भृकुटीमण्डपमा आयोजना गरेको अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन गर्दै उनले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दीगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निकासी प्रवद्र्धन गर्नसके मात्र हाल मुलुकले बेहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने धारणा राखिन् । उनले भनिन्, “आजको प्रतिस्पर्धी युगमा उत्पादनको विविधीकरण र उपभोक्ताको रुचिलाई ध्यानमा दिएर गुणस्तरीय उत्पादनसहित ब्राण्डिङ गर्नसकेको खण्डमा नेपाली उत्पादनमार्फत विश्व बजारबाट लाभ हासिल गर्न सकिन्थ्यो, त्यसैले स्वदेशी उत्पादन प्रवद्र्धन आवश्यक छ ।”
नेपालको अर्थतन्त्रलाई टेवा पु¥याउन जुत्ता चप्पल उद्योगले पनि महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले सरकार र निजी क्षेत्रबीच साझेदारीता अभिवृद्धिका साथ नेपाली उत्पादन प्रवद्र्धन र निर्यातमा मेला उपयोगी हुने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन सरकारले विशेष ध्यान पु¥याउनुपर्ने बताइन् । “नेपालको आर्थिक विकास गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेका छौँ । ती क्षेत्रमा लगानी बढाउन र सहजीकरण गर्न उद्योगमैत्री नीति बनाएर निजी क्षेत्र र सरकारबीच उच्चस्तरको समझदारीका साथ मुलुकको अर्थतन्त्रको विकासमा ध्यान दिन जरुरी छ”, उनले भने ।
कार्यक्रममा विनाविभागीय मन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादन प्रवद्र्धनका लागि सरकार सकारात्मक रहेको भन्दै छिट्टै टुङ्गिने सरकारको न्यूनतम साझा कार्यक्रममा व्यावसायिक समस्याको सम्बोधन हुने विश्वास व्यक्त गरे । उनले सरकार निजी क्षेत्रको साथमा रहेको भन्दै निजी क्षेत्रको साझेदारीतामा अर्थतन्त्रलाई माथि उकास्न सक्रिय हुने बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।