काठमाडौं । गण्डकी प्रदेशमा सरकार गठनका लागि ४ दिनको समय दिएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्ति गर्न पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय सीमा दिएका हुन् । नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रदेश प्रमुखले आव्हान गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण संविधानको धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्न भनिएको हो ।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले धारा २ अनुसार दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्।
त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।