विराटनगर । एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारीलाई चयन गरेको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा सर्वसम्मत चयन गरेको हो ।
भण्डारी सुनसरी २९क० बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । प्रदेश १ को प्रदेश सभामा एमालेका ४० सांसद् छन् । एमालेले यसअघि हिक्मतकुमार कार्कीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरिसकेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।