add

प्रहरी इन्स्पेक्टरको लिखित परीक्षाको नतिजा प्रकाशित






ActPro Nepal

|

३ असोज, २०७९

|
718

काठमाडौं । नेपाल प्रहरीको जनपद तर्फका प्रहरी निरिक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । 

२०७८ मंसिर १० मा प्रकाशित विज्ञापन अनुसार लोकसेवा आयोगले २०७९ जेठ २२ मा परीक्षा संचालन गरेको थियो । आइतबार आयोगले नतिजा प्रकाशन गरेको हो । 

उत्तिर्ण उम्मेदवारहरूलाई असोज ९ मा प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परिक्षणका लागि उपस्थित हुन प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ । लिखित परीक्षामा २१५ जना उत्तिर्ण भएका छन् । 

खुलातर्फ ११४ जना, अमर अशक्त कोटामा १ जना, महिलातर्फ २३ जना, आदिवासी जनजातिमा ५२ जना, मधेशी कोटामा २७ जना, दलिततर्फ १८ जना र पिछडिएको क्षेत्रबाट ८ जना उत्तिर्ण​ भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.