add

प्रहरी हौं भन्दै लुटपाट गर्ने तीन जना पक्राउ






ActPro Nepal

|

३० भदौ, २०७९

|
587

काठमाडौं  । प्रहरी हौं भन्दै नगद ३० लाख २३ हजार २ सय ८ रुपैयाँ लुटपाट गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भोजपुर रामप्रसाद राई गाउँपालिका १ घर भई भक्तपुर लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुली मरिन गाउँपालिका ३ घर भई काठमाडौं कपन बस्ने ३० वर्षीय देव लामा र रामेछाप सुनापाती गाउँपालिका १ घर भई काठमाडौं कपन बस्ने २० वर्षीय मिन बहादुर तितुङ (रोहित) रहेका छन् ।

काठमाडौं ठमेलस्थित ओरियण्टल मनी एक्सचेन्ज बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्याङ्की नजिक ३ वटा मोटरसाईकलमा आएका ५ जना अपरिचित व्यक्तिहरूले भदौ २२ गते साँझ प्रहरी हौँ भन्दै पीडितलाई जबरजस्ती मोटरसाइकलमा राखी डल्लु पुर्‍याई उक्त नगद, मोबाइल, लाइसेन्स र ब्लुबुक समेत रहेको झोला लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनवभवनबाट खटिएको प्रहरीले उनीहरूलाई घटनामा प्रयोग भएको मोटरसाइकल सहित काठमाडौं कपनबाट पक्राउ गरको हो ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै पक्राउ परेका उनीहरूलाई अपहरण तथा डाँका चोरी कसूर मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.