add

प्रहरीको साइबर ब्यूरोले भन्यो- बच्चा चोरी भन्ने भ्रामक हल्लाको पछि नलाग्नु






ActPro Nepal

|

२८ भदौ, २०७९

|
682

काठमाडौं । नेपाल प्रहरीले बच्चा चोरीको प्रचार भ्रामक भएको जानकारी दिएको छ। हालसम्म प्रहरीमा कुनै पनि बालबालिका चोरी वा हराएको भनी सूचना/उजुरी नआएको भन्दै त्यस्तो प्रचार भ्रामक भएको प्रहरीले बताएको हो। 

साइवर ब्यूरो भोटाहिटीले सोमबार विज्ञप्ति जारी गर्दै त्यस्ता अपराधसम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ। 

'भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका बिभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको" भन्ने व्यहोरा लेखेर बिभिन्न व्यक्तिहरुका तस्बिरहरु समेत संलग्न गरी सामाजिक सञ्जालमा फैलाईएको भ्रामक प्रचार प्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ,' प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैँ देशभर रहेका कुनैपनि प्रहरी कार्यालयहरुमा हालसम्म कुनैपनि माध्यमबाट कुनैपनि उजूरी/सूचना प्राप्त भएको छैन। तसर्थ त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्नुहुन सम्पूर्ण नागरिकमा हार्दिक अनुरोध गर्दछौं।' 

सामाजिक सञ्जालमा त्यसरी भ्रामक प्रचार गर्नेलाई नेपालको प्रचलित ऐन, कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत प्रहरीले दिएको छ। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.