add

मापसे गरी मोटरसाइकल चलाउने १ जना विद्यार्थीसहित ५१ जना कारबाहीमा






ActPro Nepal

|

२० भदौ, २०७९

|
616

काठमाडौँ । स्कुल-कलेजका विद्यार्थी सुरक्षालक्षित चेकिङ अन्तर्गत सोमबार मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका १ जना विद्यार्थीसहित ५१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

नयाँ बानेश्वरको चेल्सी ईन्टरनेशनल एकेडेमीमा प्लस टु पढ्दै गरेका २१ वर्षीय विद्यार्थी मापसे गरेर बाग्मती प्रदेश ०२–०२३ प ७३ ८६ नम्बरको मोटरसाइकल चलाउँदै गरेको पाइएपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

त्यस्तै, काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २८ जना, कागजपत्र साथमा नभएका २१ जना, तीन जना सवार १ जना र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ जना गरी ५१ जना विद्यार्थी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

साउन ३० गतेबाट सुरु भएको स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हालसम्म ‍१ हजार ८२ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरिसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.