add

एटीएम फोडेर जेल पुगेका व्यक्ति छुटेर अर्को एटीएम फोड्दै गर्दा पक्राउ परे






ActPro Nepal

|

२३ साउन, २०७९

|
1072

काठमाडौँ । कास्कीको पोखरामा एटीएम फोडेर नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

कास्की प्रहरीले एनआईसी एसिया बैंकको एटीएम फोडेर नगद चोर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका–३ का २३ वर्षीय कृष्णबहादुर विकलाई पक्राउ गरेको हो। 

उनले पोखरा महानगरपालिका १७ बिरौटामा रहेको एनआईसी एसिया बैंकको एटीएम मेशिन फोरेर नगद चोर्ने तयारी गरेको प्रहरीको दाबी छ। एटीएम मेशिन फोर्दै गरेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए।

उनीविरुद्ध ७ दिन म्याद लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। 

कृष्ण बहादुर यसअघि पनि यही कसुरमा पक्राउ परेर जेल परेका थिए। तर त्यतिबेलाको कैद भुक्तान गरिसकेपछि पनि पुनः सोही अपराधमा संलग्न भएको पाइएको हो। 

यसभन्दा अगाडि माछापुच्छ्रे बैंकको एटीएम मेशिन फोर्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो। उक्त कसुरमा जिल्ला अदालत कास्कीले एक लाख रुपैयाँ धरौटी माग गरेको थियो। 

तर अदालतले माग गरेको धरौटी बुझाउन नसकेपछि उनी पुर्पक्षका लागि थुनामा परेका थिए। पछि अदालतले तोकेको कैद भुक्तान गरेर उनी छुटेका थिए। छुटेपछि पुनः पहिलेकै कसुरमा पक्राउ परेका हुन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.