एजेन्सी । कोरोना भाइरसको समय अक्षय कुमार एक्ला यस्ता अभिनेता थिए । जसले दर्शक र बक्स अफिस दुवैमा राज गरेका थिए । अक्षयको फिल्मले ओटीटी र बक्स अफिस दुवैमा धमाल मच्चाएको थियो ।
तर कोरोना भाइरस महामारीको रफ्तार कम हुँदै गएपछि अक्षयको फिल्मको कमाईको धार पनि कम हुँदै गएको छ । अक्षयको दुई ठूला बजेटका फिल्म ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप साबित भए ।
अहिले सबैको ध्यान उनको नयाँ फिल्म ‘रक्षाबन्धन’ तिर छ । यसका निर्देशक आनन्द एल रोय हुन् । व्यापार विश्लेषकले यो फिल्म सफल भएमा मात्र अक्षयको करियरले नयाँ गति लिने दाबी गरिरहेका छन् ।
‘बच्च्न पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ फ्लप भएपछि उनको नयाँ फिल्म ‘गोरखा’ आगामी वर्षसम्मका लागि रोकिएको छ । यो फिल्मका निर्माताले फिल्म बनाउने कामलाई अहिले सुस्त बनाएका छन् ।
यस हिसाबले फिल्मको काम यसै वर्षको अन्त्य अथवा आगामी वर्षको मध्यसम्म सुरु हुनेछ । फिल्म ‘गोरखा’को निर्माणका लागि कैयौं मन्त्रालयको अनुमति चाहिन्छ, त्यसपछि मात्र फिल्म फ्लोरमा जानेछ ।
यसका लागि निर्माताले भारत सरकारको अलग-अलग संस्थासँग अनुमति लिने योजना बनाइरहेका छन् । फिल्म ‘गोरखा’का निर्माताहरु अक्षयको दुई फिल्म फ्लप भएपछि आफ्नो फिल्मको अवस्था के हुने हो भन्नेमा चिन्तित छन् ।
त्यसकारण उनीहरुले तत्कालका लागि फिल्मको काम रोक्ने निर्णयमा पुगेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।