add

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र वैशाख ७ देखि खुल्ने






ActPro Nepal

|

३० चैत, २०८१

|
113

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋणपत्र ७ वर्षे अवधिको हुने छ। ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याजदर पाउने छन्। बैंकले अंकित मूल्य १ हजारका दरले कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

जसमध्ये ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन हुनेछ । वैशाख १० गतेसम्म र सो अवधिसम्म पूर्ण रुपमा बिक्री नभएमा २१ गतेसम्म लगानी आवेदन दिन सकिनेछ ।

पूर्ण सरकारी स्वामित्वको यो बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिने बताइएकाे छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल नियुक्त गरिएको छ । केयर रेटिङ नेपालले बैंकलाई ए प्लस रेटिङ दिएको छ।

यस्तो ऋणपत्र बैंकहरुमा धितो राखेर ऋण लिन सकिन्छ भने दोस्रो बजारमा किनबेच पनि गर्न सकिन्छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.