add

रामप्रसाद खनालको नयाँ गीत 'बाँकी छ हेर' सार्वजनिक






ActPro Nepal

|

३० चैत, २०८१

|
97

अमेरिका । लोक तथा दोहोरी गायक रामप्रसाद खनालले नयाँ गीत 'बाँकी छ हेर' सार्वजनिक गरेका छन् । गीतमा थानेश्वर गौतमले सङ्गीत गरेका छन् भने बीबी अनुरागीले सङ्गीत संयोजन गरेका छन् । 

१८ वर्ष देखि अमेरिकामा बस्दै आएका खनालले हरेक वर्ष अमेरिका बाटै पनि एल्बमहरू निकाल्दै आएका छन् । लोकगीत, सङ्गीत र दोहोरी गीतका क्षेत्रमा चार दशक यता सक्रिय खनालको यो गीत  'बाँकी छ हेर' माया प्रेममा आधारित गीत छ । 

खनाल आफैले पनि अभिनय गरेको यो गीतमा उनले यस पटक अहिलेको नयाँ पिँडीका  चर्चित दुई मोडेल सरोज प्रजा र सोनी विश्वकर्मालाई पनि समावेश गरेका छन् । 

सुरेन्द्र बसेलले निर्देशन गरेको म्युजिक भिडियोमा पुष्कर पन्त सहित विभिन्न एक दर्जन भन्दा  बढी कलाकारहरूले अभिनय र नृत्य गरेका  छन् । राकेश दाहालले सम्पादन गरेको खनालको यो म्युजिक भिडियो देव दोर्जे लामाले छायाङ्कन गरेका थिए भने बबिता पोखरेलले नृत्य निर्देशन गरेकी थिइन । गीत प्रिज्मामा रेकर्ड गरिएको हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.