add

नवनिर्वाचित वडाध्यक्षद्वारा अस्पतालमा रहेको शव ल्याउन सहयोग






ActPro Nepal

|

७ जेठ, २०७९

|
594

इलाम । पैसा तिर्न नसकेर अस्पतालमा नै राखिएको शव नवनिर्वाचित वडाध्यक्षले ल्याउन सहयोग गरेका छन् । इलामको माई नगरपालिका–७ का वडाध्यक्षमा निर्वाचित बुद्धि खनाले सपथ लिनु अगाबै आर्थिक अभावमा अस्पतालमा अलपत्र परेको एक महिलाको शव निकालेर घरसम्म ल्याउन सहयोग गरेका हुन् । उनले शपथ लिनु आगावै अस्पतालमा अलपत्र युवतिको शव घरसम्म ल्याउन पहल गरेपछि परिवारले अन्तेष्ठी गरेको बताइएको छ ।

माई नगरपालिका–७ की २४ वर्षकी देउकला लुंगेली मगरको जेठ ४ गते काठमाडौँको मनमोहन मेमोरियल मेडिकल कलेजमा मृत्यु भएको थियो । उनको मृत्युपछि अस्पतालले उपचार खर्च तिर्न र शव बुझ्नका लागि परिवारलाई बोलाएको थियो । आर्थिक अभावका कारण उनको परिवार काठमाडौँ गएर उपचार खर्च तिर्ने र शव ल्याउन सक्ने अवस्थामा थिएन । नवनिर्वाचित वडाध्यक्ष खनालले अस्पतालमा लागेको रकम भुक्तानी गरेर शव घरसम्म ल्याउने व्यवस्था मिलाइएका थिए ।

मृतक मगरका श्रीमान् सात वर्षदेखि सम्पर्कमा नभएको र तीन महिनाअघि उनीहरूको घर आगलागीबाट सखाप भएको थियो । वैदेशिक रोजगारीका लागि दुबईबाट फर्किएकी मगर मिर्गौलाको रोगी थिइन् । मृतक मगरको सात वर्षको एक बच्चा छ । सामाजिक सेवा गर्न जनताले मत दिएको बताएका वडाध्यक्ष खनालले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.