add

सल्यानको शारदा नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी






ActPro Nepal

|

३ जेठ, २०७९

|
765

सल्यान । सल्यानको शारदा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।  

नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रकाश भण्डारी  ६ हजार १२७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त ल्याए। 

यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त  विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गरे । 

शारदा नगरपालिकामामा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो। 

नगरपालिकाभित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच  र माओवादी र  समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.