नुवाकोट । प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन आयोजना हुने नुवाकोटको चर्चित गोरु जुधाइ मेला यस वर्ष नहुने भएको छ। कोभिड-१९ को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको भन्दै गोरु जुधाइ मेला स्थगित गरिएको हो।
माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठका अनुसार २५ जनाभन्दा बढी भौतिकरूपमा उपस्थित हुन नमिल्ने भएकाले मेला स्थगित गरिएको हो।
श्रेष्ठले जारी गरेको सूचनामा भनिएको छ- ‘यस ऐतिहासिक पर्व गोरु जुधाइ स्थगित हुँदा पर्न गएको क्षतिप्रति कृषक महानुभाव तथा दर्शक दीर्घामा क्षमा चाहन्छौं।’
Comment