Right side from logo

नेपाली कांग्रेस नुवाकोट सभापतिमा रमेश महत विजयी






ActPro Nepal

1602

2021 Nov 27

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेशकुमार महत विजयी भएका छन् ।

निर्वाचन समितिले जनाएअनुसार महत १० मतले विजयी भएका हुन् ।

कूल एकहजार ७ सय ६८ मतदातामध्ये एक हजार ७ सय ४७ मत खसेको थियो । 

विजयी भएका महत नेपाली कांग्रेस नुवाकोटका महासमिति सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका युवा नेता हुन् । उनलाई नेपाली कांग्रेसका नेताहरु डा.रामशरण महत, डा. प्रकाशशरण महत तथा संघिय सांसद बहादुरसिंह लामाको सात पाएका थिए ।

सभापतिका अर्काे उम्मेद्धवार केसीलाई जगदीश्वर नरसिंह केसीको साथ पाएका थिए ।

जिल्लाको २ क्षेत्र र ४ वट्टै प्रदेशसभा कब्जा जमाएको महत–लामा समुहले केसी समुहलाई जिल्लामा निल गराएसँगै वर्तमान जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको बाग्मति प्रदेश सभापति बन्ने लक्ष्य समेत तुहिएको छ ।

सम्बन्धित विषय

वडा अधिवेशनको परिणामले युवा नेतृत्व खोजेको छ : नेता महत

संस्थापनलाई सघाएर आफ्नो पक्ष विजयी गराउने रामशरणको रणनीतिले नुवाकोटमा केसी पक्ष कमजोर


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2022. ALL RIGHTS RESERVED.